Duration 28:14

'हाम्राे वडा हाम्राे विकास' दमक नगरपालिका वडा नम्बर १ ।। Damak 1

2 525 watched
0
81
Published 14 Jul 2020

दमक नगरपालिका वडा कार्यालय दमक १ का लागि प्ले पज मिडीया हाउस प्रालि द्वारा निर्मित कृतज्ञता रोमनाथ ओली, नगरप्रमुख दमक नगरपालिका गीता अधिकारी, उपप्रमुख दमक नगरपालिका गणेशप्रसाद तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत दमक नगरपालिका तथा परिवार विषेश धन्यवाद ताराप्रसाद अधिकारी वडाअध्यक्ष, दमक–१ धन्यवाद निरमायाँ पुलामी कार्यपालिका सदस्य, दमक, नगरपालिका सीताराम पोखरेल वडा सदस्य, वडा नं. १ गिरीभक्त सोङ्नेम राई वडा सदस्य, वडा नं. १ नविना मोहोरा दलित महिला सदस्य, वडा नं. १ आभार अन्जू पौडेल,वडासचिव, दमक–१ तथा कर्मचारी परिवार वृतचित्रः हाम्रो वडा, हाम्रो विकास संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ । विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ । यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाको सहरी तथा ग्रामिण भागले भरिएको, वडा हो, वडा नं. १ । यसको पुर्व तर्फ झापाको कमल गाउँपालिका, उत्तर र पश्चिममा दमककै वडा नं.२,५ र ६ एवम् दक्षिणमा दमककै वडा नं. ७ रहेका छन् । यस वडमा जनप्रतिनिधीहरुको नेतृत्व स्थापित भए देखिनै विभिन्न विकासका योजनाहरु अघि बढेका छन् । वडा स्तरका मात्र नभई यस वडामा नगरस्तर एवम् प्रदेश र संघीय सरकार मार्फत वृहत योजनाहरु समेत केहि पूरा भएका छन् भने केहि कार्यान्वयनको अवस्थामा रहेका छन् । यस वडाले पूर्वी भागमा झापाकै कमल गाउँपालिका हुँदै ईलामको चुलाचुली गाउँपालिकालाई जोडेको छ । यसै वडाको रतुवा खोलामा हालै पक्कि पुल समेत निर्माण पूरा भई सकेकाले यसँबाट तीन ओटी स्थानीय तहमा आर्थिक विकास र स्थानीयबासीको जीवनस्तर उकास्न पनि सहयोग पुग्ने आधार बनेको छ ।

Category

Show more

Comments - 8