Duration 15:9

के गर्भपतन गर्नै पर्ने भएको हो त त्यसोभए सुरक्षित गर्बपतन कहाँ गराउने

14 841 watched
0
190
Published 7 Mar 2018

सुरक्षित गर्बपतन भनेको के हो ? यो कसरि गरिन्छ ? असुरक्षित गर्बपतन गर्दा के के समस्या आउन सक्छन ? गर्बपतन गराउने महिला ले के के कुरामा ध्यानदिनु पर्छ ? यी यावत कुराहरु लाइ समेटेर महिला स्वास्थ्य संवाददाताले प्रो . डा. जगेश्वोर गौतम संग गरिएको कुराकानी ?? के गर्भपतन गर्नै पर्ने भएको हो त ? गर्भपतन भन्ने वित्तिक्कै सुरक्षित पनि जोडिएर आउँछ । किनकि गर्भपतन असुरक्षित भयो यदि भने मान्छेको ज्यान जान्छ र असरक्षित गर्भपतनका कारण धेरै महिलाहरुको अकाल मै ज्यान गएको छ । त्यसैले सुरक्षित गर्भपतनका लागि गर्भपतन सम्बन्धित विषेश तालिम लिएका स्वास्थ्य कर्मीबाट सुरक्षित गर्भपतन गर्ने अनुमति सरकारबाट नै प्राप्त गरेको संस्था वा अस्पतालमा गर्नुपर्ने हुन्छ । अति गोप्यरुपमा गर्भपतन गराउँने उद्देश्यले गर्दा एक त ज्यान जान सक्छ भने पैसा खर्च पनि धेरै नै गर्नु पर्ने हुन्छ । गर्भ पतन गर्नै पर्ने किन र कस्तो अवस्थामा चाहि पाइन्छ त ? पहिला यसको उत्तरमा हरेक मानिस स्पष्ट हुनुपर्दछ । त्यसको केहि आधारहरु कानुनले पनि तोकिदिएको छ । जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ भएमा अन्यथा अरु अवस्थाका अनइच्छित गर्भ १२ हप्ता ननाघेको गर्भ । सम्बन्धित गर्भवती महिलाको ज्यानमा खतरा वा शारीरिक वा मानसिक रूपले स्वास्थ्यमा पर्ने अवस्थामा चिकित्सकको रायले जहिलेसुकै गर्न सकिन्छ । विकलाङ्ग बच्चा जन्मन सक्ने अवस्थामा चिकित्सकको रायले जहिलेसुकै समयमा गर्न सकिन्छ । असुरक्षि यौनसम्पर्क भई सामाजिक आर्थिक वा कुनै प्रतिकुल अवस्था आउँने सम्भावना भएमा त्यस्तो अनिच्छित गर्भलाई निरन्तरता दिन नसकिने ठहर गरी गर्भवती स्वयंको राजीखुसीले गर्भपतन गराउँन सक्ने ।

Category

Show more

Comments - 44