Duration 11:2

बाख्राको खोर बनाउने तरिका

52 182 watched
0
1.4 K
Published 4 Jun 2020

खोर कस्तो बनाउने : बाख्राको खोर कस्तो बनाउने भन्ने कुनै निश्चित आकार छैन। नेपाल सरकारले केहि मोडलहरू सिफारिस गरेका छन् र केहि निजी फार्महरूले पनि अनुसन्धान बाट केहि मोलडहरू सिफारिस गरेका छन्। जस्तो सुकै मोडलको खोर बनाउदा पनि केहि आधारभुत कुराहरूलाई ध्यान पुर्याउनु पर्ने हुन्छ। खोर बनाउदा बाख्रा बस्ने टाँड जमिन भन्दा कम्तिमा ९० सेन्टीमिटर अग्लो स्थानमा बनाउनु पर्दछ। यसरी खोर बनाउदा बाख्राको बड्कौला (दिसा) र पिसाव बाट आउने गन्ध पुरै खोर भित्र आउदैन। ध्यान पुर्याउन पर्ने कुरा के छ भने दिसारपिसाव कुहिदा निस्किने ग्याँसहरू (सल्फर डाईअक्साईड, मिथेन, एमोनिया, हाईड्रोजन सल्फाईड आदि) ले साना-साना पाठापाठीको वृद्धि विकासमा फरक पार्नुको साथसाथै गर्भवती बाख्रालाई तुहाईदिन कस्छ। बाख्राको खोर जमिनबाट केहि अग्लो कम्तिमा ९० सेन्टीमिटर बनाउदा दैनिक वा समय समयमा सफा गर्न सकिन्छ जस्ले गर्दा मलमुत्र कुहिएर गन्हाउने तथा हानिकारक ग्यासहरू निस्किने प्रभावहरू न्यूनिकरण गर्न सकिन्छ। बाख्राको खोर बनाउदा कम्तिमा ५ फिट अग्लो बनाउनु पर्दछ जस्ले गर्दा खोर भित्र पसेर सजिलै खोर सफा गर्न सकिन्छ। अलिक अग्लो खोर बनाउदा गर्मी मौसममा चर्को गर्मी बाट बाख्राहरूलाई बचाउन सकिन्छ। यसका साथसाथै वर्षाको समयमा वाख्रालाई बाहिर निकाल्न नसकेको वेलामा खोरभित्रै घाँस दिन सकिन्छ। सकिन्छ भने खोरसंगै जोडेर बाहिरपट्टी खोरमा राखिएका बाख्रालाई खुल्ला रूपले घुम्न सक्ने खाली ठाँउको ब्यवस्था गर्नु पर्दछ। यसरी राखेको खाली ठाँउलाई बाँस, काठपात, फरिको वा तारजालीले ४ फिट सम्म अग्लो बार्न सकिन्छ। यदि त्यसरी बार्न सकिन्न भने उक्त ठाउमा किला गाडेर बाँध्न सकिन्छ। खोर भन्दा टाढा खुल्ला ठाँउ राख्दा बाख्रा सार्न लामो समय र जनशक्ति लाग्न सक्छ र परिवारका सदस्यलाई झर्को लाग्न सक्छ। बाख्राको खोरमा घाँस झुण्ड्याउन मिल्ने ठाँउको व्यवस्था गर्नु पर्दछ। यसै गरि खोर भन्दा बाहिर टाँड अथवा घाँस झुण्ड्याउन मिल्ने व्यवस्था मिलाउनु पर्दछ। बाख्राको खोर बनाउदा ३ वा ४ फिट भन्दा माथि सानो झ्याल (भेन्टिलेसन्) राख्न जरूरी हुन्छ। यसरी भेन्टिलेसन् राख्दा बाख्रालाई स्वासप्रस्वास सम्बन्धि रोगहरूमा न्यूनिकरण गर्न सकिन्छ। यसको साथसाथै गन्धपनि कम गर्न सकिन्छ। गाँउघरमा बाख्राको खोरमा झ्याल राख्दा बाख्रालाई चिसो लाग्छ भन्ने मान्यता पाईन्छ। तर सानो झ्याल राख्दा बाख्रालाई घाटा भन्दा फाईदा नै बढि हुन्छ। बाख्रा पालन गर्ने किसानले यदि आफैले बोका राख्ने हो भने बोकालाई छुट्टै राख्नु पर्दछ। यदि त्यसरी राख्न सकिएन भने बाख्रामा हाडनाताको सम्बन्ध रहनजाने सम्भावना हुन्छ। गर्भवती बाख्रालाई सकेसम्म छुट्टै राख्ने र राख्न नसक्ने अवस्थामा अरू बाख्राले हान्न नसक्ने अवस्था मिलाएर राख्ने। यदि बोका जन्मिएको छ र खसी नपार्ने हो भने बोकालाई माउको दुध छुट्ने वितिक्कै अलग्गै राक्नु पर्दछ। अन्यथा ३ महिना पछि बोकाले बाख्रालाई प्रजनन् गराउन सक्छ। यसरी नछुट्ट्याउदा माउसंग अथवा अन्य नाता पर्ने पाठीहरूसंग हाडनाता पर्नुका साथसाथै उमेर भन्दा पहिलेनै पाठीहरू गर्भवती हुन्छन्।

Category

Show more

Comments - 67